प्रहरीको भ्यानबाट फरार भएका अभियुक्त ७२ घण्टापछि पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरीको भ्यानबाट हामफालेर फरार भएका एक अभियुक्तलाई धनुषा प्रहरीले ७२ घण्टापछि नियन्त्रणमा लिएको छ ।

धनुषा जिल्ला अदालतबाट दोस्रोपटक १० दिन म्याद थप गरेर फर्किंदै गर्दा फरार भएका सबैला नगरपालिका–१३ का राजाबाबु मुखिया मंगलबार राति सवा १२ बजे पक्राउ परेका हुन् । उनलाई धनुषाको जनकनन्दिनी गाउँपालिका १ इनवा नजिकै भारतीय सीमा क्षेत्रबाट पक्राउ गरिएको धनुषा प्रहरीले जानकारी दिएको छ । मुखिया यही फागुन ५ गते पक्राउ परेका थिए ।

यस्तै, थुनुवालाई राखेको गाडीमा सुरक्षार्थ खटिएका ६ जना प्रहरीमाथि पनि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको धनुषा प्रहरीले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।