स्थानपनाको ६ वर्षपछि प्रदेश १ को नामकरण ‘कोसी’, विपक्षमा ४ मत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  स्थापनाको ६ वर्षपछि प्रदेश नम्बर १ ले प्रदेशका नामकरण गरेको छ। संघीय संरचनामा निर्वाचन भएको पहिलो कार्यकालमा नाम टुंगो लगाउन नसकेको प्रदेश सभाले बुधबार अबेर बहुमतका आधारमा नाम टुंगो लगाएको हो।

नाम कोसीको पक्षमा ८२ जना प्रदेश सभा सदस्यले मतदान गरेका छन् । विपक्षमा ४ मत खसेको छ । ९३ जना प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा ८२ जना सांसदले कोसीको पक्षमा मत हालेपछि प्रदेशको नाम कोसी राखिएको हो।

यो मत प्रदेश सभा सदस्यको दुई तिहाइ मत हो । समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले हालेको संशोधन प्रस्ताव पुनः अस्वीकार गरेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।