सातदोबाटोलाई हराउँदै मछिन्द्रले जित्यो केपी ओलि फुटबल कपको उपाधी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको दशरथ रंगशालामा सम्पन्न केपी ओलि कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा सातदोबाटो युवा क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै मछिन्द्र क्लबले उपाधी जितेको छ।

खेलको सुरुमै गोल गरेर अग्रता बनाए पनि मछिन्द्रले त्यो अग्रता जोगाउन सकेन। पाँचौ मिनेटमा मैदानको बायाँ साइडबाट ओलावाले अफिजले हेडरमार्फत गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए।

तर सातदोबाटोका सुदिप गुरुङको पासमा ओभाना जोर्डन जुनियरले गोल गर्दै खेललाई १-१  को बराबरीमा ल्याएका थिए। खेल अवधी भरी दुवै टिमले राम्रा अवसरहरू पाए पनि सदुपयोग गर्न नसक्दा गोल हुन सकेन। १-१ को बराबरीमै खेल सकिएपछि पेनाल्टी सुटआउटमा मछिन्द्रले ५-३ को जित निकालेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।