विदेशमा मौसमी कामको प्रलोभनमा कसैलाई पैसा नबुझाउनू: रोजगार विभाग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वैदेशिक रोजगार विभागले मौसमी कामदारमा दक्षिण कोरिया पठाउने भन्दै पैसा असुल्ने कुनै पनि व्यक्ति र संस्थाको भ्रममा नपर्न र रकम नबुझाउन अनुरोध गरेको छ ।

सूचना जारी गर्दै विभागले मौसमी कामका लागि वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी बढेको भन्दै पैसा नबुझाउन भनेको हो। दक्षिण कोरियालगायत कुनै पनि मुलुकमा मौसमी कामदारमा पठाइदिने भनी कुनै व्यक्ति/संस्थाको भ्रममा नपर्न र रकम नबुझाउन विभागले सूचनामा उल्लेख गरेको छ।

‘पछिल्लो समय मौसमी कामदार पठाउने भनी विभिन्न अनलाइन माध्यमहरूमा भ्रामक सूचना प्रकाशन गरी श्रमिकलाई विभिन्न मुलुकहरू खास गरी दक्षिण कोरिया पठाउने भनी विभागमा उजुरीहरू समेत प्राप्त भएको छ’, विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘मौसमी कामदार व्यवस्थापन निर्देशिका २०७९ को दफा ४ अनुसार जाने कामदारले कुनै पनि शुल्क तिर्नु बुझाउनु नपर्ने व्यवस्थाको विपरित कतिपय व्यक्तिले भ्रामक सूचना फैलाई रकम उठाउने गरेको भन्ने जानकारी विभिन्न माध्यमबाट यस विभागमा जानकारीमा आएको छ’, विभागले भनेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।