यू-१९ विश्वकप एसिया छनाेट : नेपाल मलेसियासँग भिड्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। यूएईस्थित मलेक क्रिकेट मैदान आजमानमा हुने खेल नेपाली समयअनुसार बिहान पौने १२ बजे सुरु हुनेछ। जारी प्रतियोगितामा तीन खेल खेलेको नेपाल अपराजित छ।

उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाल लगातार चौथो जित हात पार्दै विश्वकप छनोटको सम्भावना बलियो बनाउने लक्ष्यमा छ। नेपालले यसअघि सिंगापुर, कुवेत र हङकङमाथि सहज जित निकालेको थियो।

मलेसिया भने आफ्ना तीन खेलमा एकमा मात्र विजयी भएको छ। नेपाल तीन खेलबाट ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। समान खेलबाट ६ अंक बटुलेको यूएई शीर्ष स्थानमा छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।