नुवाकोटमा ग्यास सिलिन्डर पड्किएर आगलागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । नुवाकोटस्थित बेलकोटगढी नगरपालिका-८ पाँचखलमा ग्यासको सिलिण्डर पड्किएर आगलागी भएको छ।

बेलकोट स्थित विश्वनाथ पुडासैनीको घरमा हुँदा साढे तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी खगेन्द्र खड्काका अनुसार आगलागीमा परी अन्नपात, भाँडाकुँडा, लत्ताकपडा जलेको तर कुनै मानवीय क्षति भने भएको छैन।

ढुंगा, माटोले बनेको र जस्ताले छाएको घर आगलागीमा परेर घर पूर्णरुपमा जलेको छ। बिदुर नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।