हानिकारक फोहोर सिसडोल पुर्‍याउनेलाई महानगरले तिरायो ५० हजार जरिवाना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  सिसडोल ल्याण्डफिल साइटमा चिकित्साजन्य हानीकारक फोहोर पुर्‍याउनेलाई काठमाडौं महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

वडा ५ मा रहेको सुनौलो परिवार नेपालले स्वास्थ्य उपचारका प्रयोग गरेका सिरिञ्जलगायत सामान साइटमा पुर्‍याएको थियो।

हानीकारक फोहोरलाई उत्पादक आफैंले निर्मलीकरण गरेर सामान्य फोहोरमा बदल्नु पर्छ। त्यसपछि सामान्य प्रक्रियाबाट लैजान सकिन्छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।