काठमाडौं । मोदी इनर्जी लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीआ) निष्काशन गर्न अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ निष्काशन गर्न फागुन २ गते अनुमति दिएको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानी र सर्वसाधारणको लागि आइपीओ जारी गर्नेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ७२ करोड ५० लाख रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीको आइपीओ निष्काशन गर्न यसअघि नै सनराइज क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ।
Comment