सन्दीप विदेशमा प्रतियोगिता सकिएको १५ दिनभित्र अदालतमा उपस्थित हुनुपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेलाई अब विदेशमा कुनै प्रतियोगिता खेल्न जाँदा प्रतियोगिता सकिएको १५ दिनभित्र काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

सोमबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आउन–जान लाग्ने समयबाहेक खेल सकिएको १५ दिनभित्र उपस्थित हुनुपर्ने सर्तसहित प्रतिबन्ध हटाइएको हो ।

यसरी अदालतमा उपस्थित नभएमा विदेश जान दिइएको सुविधा खारेज हुने आदेशमा उल्लेख छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।