प्रहरीलाई छक्याउँदै भ्यानबाट हामफालेर अभियुक्त फरार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  जबरजस्ती करणी मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका वडा नम्बर १३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया हतकडीसहित प्रहरीको भ्यानबाट हामफालेर फरार भएका छन्।

धनुषा जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय फर्किंदै गर्दा आइतबार बेलुकी करिब ७ बजे यदुकुहास्थित कमला नहर नजिकबाट हामफालेर भागेको बताइएको छ।

प्रहरीबाट उम्केर धनुषामा एक महिनामै थुनुवा फरार भएको यो दोस्रो घटना हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।