अप्ठ्याराे परिस्थितिमा संयमित रहन सबै कर्मचारीलाई युनियनको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘स्वालम्बन एक घरः सम्पूर्ण कर्मचारी एक परिवार’ भन्ने मूल नाराका साथ स्वावलम्बन लघुवित्त विकास बैंक लिमिटेड कर्मचारी युनियन केन्द्रीय समितिको छैठाैं वैठक २०७९ फागुन १३ गते चितवनमा सम्पन्न भएकाे छ ।

सोही वैठकले युनियनमा रिक्त रहेका पदहरुलाई पुर्ति गर्दै केन्द्रीय समितिलाई पूर्णता समेत  दिएको छ ।

संस्थामा आर्थिक अनुशासन, पारदर्शिता र कर्मचारीमा अनुशासन कायम हुनुपर्ने कुरामा जोड दिँदै संस्थामा तालिम एवं गुणस्तरीय कार्यवातावरण हुनुपर्ने  लगायतका विषयवस्तुहरू छलफलमा उठाइएकाे युनियनले जनाएको छ ।

वैठकले केन्द्रीय सचिव रविन्द्र थापालाई सर्वसम्मत रूपमा केन्द्रीय कार्यवाहक महासचिवको जिम्मेवारी प्रदान गरिएकाे युनियनका अध्यक्ष विवेक कुवँरले बताउनुभएको छ ।

वर्तमान समयमा लघुवित्त क्षेत्रमा चौतर्फी चुनौती सिर्जना भइरहेको परिप्रेक्ष्यलाई सङ्केत गर्दै चुनौतीहरुको सामना गर्न संस्था र कर्मचारीहरुको मनोबल वृद्धि गर्दै वित्तीय साक्षरता अभियानलाई तीव्रता दिनुपर्ने, ग्राहकहरुलाई अनावश्यक हल्लाको पछाडि नलाग्न र निक्षेप सुरक्षाको ग्यारेन्टी सहित आश्वासन दिन, नम्र एवं मिठो बोली र असल व्यवहार गर्नुपर्ने लगायत विषयवस्तुहरुमा छलफल भएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको परिपत्र, पछिल्ला घटनाक्रम बारे संस्था, व्यवस्थापन पक्ष र सञ्चालक समिति र आधिकारिक युनियनकाे रणनीति के–कस्तो रहने भन्ने सन्दर्भमा विस्तृत छलफल भएको युनियनले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।