आज मिती २०७९ साल फागुन १४ गते आइतवार, तपाइँको आजको राशिफल कस्तो छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौ । २०७९ फागुन १४ गते, आइतवार, २६ फेब्रुअरी २०२३। फाल्गुण शुक्लपक्ष सप्तमी तिथि। भरणी नक्षत्र, ८ः२७ बजेपछि कृत्तिका। चन्द्रराशि– मेष, १४ः३६ बजेदेखि वृष।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

धन लाभ हुनेछ। जग्गाको कारोबार र व्यवसायमा गरेको लगानीबाट फाइदा मिल्नेछ। प्रेममा धोका हुनेछ।

वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

बोलीका कारण इष्टमित्र टाढा हुने भएकाले बोल्दा विचार पुर्याउनुहोला। सम्मान पाइनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीले उत्तम नतिजा दिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

प्रधिस्पर्धी निस्तेज हुनेछन्। व्यापार व्यवसायमा फाइदा हुनेछ। आज दक्षिणतिरको यात्रा नगर्नुहोला। शिक्षाको क्षेत्रमा भने राम्रो छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

बोलीको प्रभाव बढ्नेछ। प्रशंसा गर्नेहरु बढ्नेछन्। प्रेममा सफलता मिल्नेछ। कुरा काट्नेहरु बढ्ने भएकाले सचेत हुनुपर्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दिन सामान्य छ। शत्रु नाश हुनेछ। राजनीतिमा असहयोग हुनेछ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए नजिता राम्रो मिल्नेछ।

कन्या  (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आम्दानी बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। पठनपाठनमा रुची बढ्नेछ। अन्य क्षेत्र भने सामान्य रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आम्दानीसँगै खर्च पनि बढ्नेछ। परिवारबाट सहयोग मिल्नेछ। अन्य क्षेत्र सामान्य रहेपनि शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट नतिजा पाइनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पारिवारिक सहयोग मिल्नेछ। बोल्दा विचार गर्नुहोला। निर्णय गर्ने अधिकार प्रत्यायोजन गर्नुहोला। राजनीति, सामाजिक, वैदेशिक क्षेत्रमा सामान्य राम्रो छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

दिन सामान्य छ। प्रभाव बढ्नेछ। अरुको भर नपर्नुहोला। धार्मिक क्षेत्रमा मन जानेछ। भगवान गणेशको स्मरण गरेर थालेको काममा सफलता मिल्नेछ। प्रेममा भने धोका मिल्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

काममा सफलता मिल्नेछ। नयाँ योजनामा हात हाल्दा फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ। शत्रु बढ्नेछन्

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

दिन सामान्य छ। कर्मभूमिमा डटेर अघि बढ्नुपर्नेछ। नराजनीति, सामाजिक, वैदेशिक, आर्थिक क्षेत्रहरु यथास्थितिमा छ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

मिन (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज थालेका कामबाट सफलता मिल्नेछ। स्वास्थ्यमा रहेको समस्या हट्नेछ। पठनपाठनमा जोश बढ्नेछ। आफन्तबाट भने जोगिनुपर्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।