चितवन २ का लागि उम्मेदवार छान्ने अधिकार सभापति देउवालाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आगामी वैशाख –१० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ । सो निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार छान्ने अधिकार सभापति शेरबहादुर देउवालाई दिने निर्णय सो दलले गरेको छ ।  

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको कार्यसम्पादन समिति बैठकले उपनिर्वाचनमा कांग्रेसका तर्फबाट उम्मेदवार छान्ने अधिकार सभापति देउवालाई दिएको पार्टी प्रवक्ता डा. प्रकाशसरण महतले जनाए । चितवन २ बाट यसअघि रास्वपाका सभापति रवि लामिछाने फराकिलो मतान्तरले निर्वाचित भएका थिए । सर्वोच्च अदालतले उनको पद खारेज गरेपछि त्यहाँ पुनः उपनिर्वाचन हुन लागेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।