विमान परिचारिकामाथि दुर्व्यवहार गर्ने निगमका चालक दलका सदस्यलाई उडानमा रोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमार्डौं । एयर होस्टेसमाथि दुर्व्यवहार गरेको अभियोगमा नेपाल वायुसेवा निगम (नेवानि) का पाइलटहरुलाई जहाज उडाउन रोक लगाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १२ साउन २०७९ का दिन मलेसियाको क्वालालाम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको नेवानिको उडान संख्या आरए–४१६ को चालक दलका सदस्यले विमान परिचारिकामाथि गैरव्यावसायिक तथा दुर्व्यवहार गरेको आरोप लागेको छ ।

यस विषयमा उजुरी परेपछि प्राधिकरणले पाइलटहरुलाई उडानमा रोक लगाएको छ । सो उडानका सबै सदस्यहरुलाई प्राधिकरणले तत्काल उडानमा रोक लगाएको जानकारी गराएको छ । प्राधिकरणले चालक दलको नाम भने सार्वजनिक गरेको छैन ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।