कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै,राष्ट्रपति पौडेल कि सिटौला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संसद्‌को प्रमुख दल नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक अहिले बिहान ८ बजे बस्ने बताइएको छ।  राष्ट्रपतिका लागि उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो। 

कांग्रेसमा दुई नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाको राष्ट्रपतिमा दाबी रहेको छ । केही नेताले सभापति शेरबहादुर देउवा नै उमेदवार बन्नुपर्ने धारणा राख्दै आएका छन् ।

तर, सभापति देउवाले आफू राष्ट्रपतिमा नउठ्ने बताइसकेकाले पौडेल र सिटौलामध्ये एकजनाको नाम बैठकले छनोट गर्ने कांग्रेस नेताहरूले बताएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।