राष्ट्रपति निर्वाचन : उम्मेदवारी दर्ता आज, उम्मेदवार छान्दै दलहरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज उमेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ ।

यसअघि हिजो अन्तिम नामावली प्रकाशन गरिएको थियो ।

निर्वाचन आयोगले बिहान १० बजे देखी  दिउँसो ३ बजे भित्र राष्ट्रपतिका लागि उम्मेदवार मनोनयन हुने कार्यतालिका सार्वजनिक गरिएको छ । 

आयोगको निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गरिने आयोगको तयारी छ । 

राष्ट्रपति निर्वाचनको मतदाताको सङ्ख्या सङ्घीय संसद्को तीन सय ३२ र सातै प्रदेशका प्रदेशसभा सदस्यको पाँच सय ५० गरी कूल आठ सय ८२ कायम छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । सङ्घीय संसद्को सदस्य हुन योग्य, ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानुनले अयोग्य नभएको व्यक्ति मात्र राष्ट्रपतिको उम्मेदवार बन्न सक्नेछन् । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।

आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेले राष्ट्रपतिमा उम्मेदवारी दिने भएको छ । यता नेकपा एमालेले पनि उम्मेदवार तय गर्न सचिवालय बैठक बोलाएको छ । 

नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको छ । आज बिहान बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसबारे ठोस निर्णय लिनेछ । 

निर्वाचन आयोग  अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । मतदानका लागि दुईवटा मतदान केन्द्र रहनेछन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।