काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव कायमै रहेको छ।
जसका कारण प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली भई बाँकी स्थानको मौसम सफा रहेको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकीमा सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यी प्रदेशका पहाडी भागमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यस्तै प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।
राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी स्थानको मौसम सफा रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।

Comment