काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)सहित आठ राजनीतिक दलले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।
बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकमा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, एकीकृत समाजवादी, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई नै साझा उम्मेदवारको रुपमा विजयी गराउने सहमति जुटेको हो ।
साथै उपराष्ट्रपतिको पद जसपाले पाउने भएको छ ।

Comment