काठमाडौं । राष्ट्रपतिबारे सहमति गर्न आज बिहानदेखि बसेको चार दलको बैठक सकिएको छ। बैठकले आ-आफ्नो दलमा छलफल गरेर फेरि आजै पाँच बजे बैठक बस्ने निर्णय गरेको छ।
राष्ट्रपतिबारे चुनावअघिको सत्ता गठबन्धनमा रहेका चार दलको सकारात्मक भएको नेताहरुले बताएका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका नेताहरुबीच शुक्रबार विहान बालुवाटारमा छलफल भएको थियो ।

Comment