काठमाडाैं । अमेरिकन अटो निर्माता जिपले भारतमा उत्पादन गरेको ७ सिटर एसयूभी मेरिडियन नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरक लाइफ अटोमोवाइल्स स्रोतले सो एसयूभी मेरिडियन नेपाल ल्याएको हो ।
नेपालमा मेरिडियनको केही युनिट आइपुगे पनि औपचारिक बिक्री भने केहीदिन पछि मात्रै हुने बताइएको छ ।
जिप मेरिडियनमा २.० लिटर मल्टिजेट डिजेल इन्जिन दिइएको छ । जसको अधिकतम पावर १७० पिएस र टर्क ३५० एनएम रहेको छ । यसमा ९ स्पिड अटोमेटिक ट्रान्समिसन जडान गरिएको छ । फोर ह्विल ड्राइभको यो एसयूभीले १९८ किलोमिटर प्रतिघण्टासम्मको उच्च गति दिन्छ ।
यो नयाँ एसयूभीमा जिपले १०.१ इन्चको इन्फोटेन्मेन्ट, १०.२ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, भेन्टिलेडेट फ्रन्ट सिट, इलेक्ट्रिकल्ली एड्जस्टेवल सिट, डुअल प्यानल सनरुफ, वायरलेस चार्जिङ, ३६० डिग्री क्यामेरा, डुअल जोन क्लाइमेट कन्ट्रोल, इलेक्ट्रिक टेल गेट लगायत फिचर उपलब्ध गराएको छ । कारको क्याविनलाई प्रिमियम वनाउन स्तरिय सामाग्रीको प्रयोग गरिएको छ ।
यस एसयूभी मेरिडियनको मूल्य यसअघि नै कम्पनीले १ करोड ८० लाख ९६ हजार रुपैयाँ निर्धारण गरिसकेको छ ।
Comment