ग्वार्कोमा स्कुल बसका लागि समय तोकियो,पिक आवरमा मालवाहकलाई निषेध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माण सुरु भएकाले सवारीसाधनहरूका लागि छुट्ने समय तोकिएको छ। अब ट्राफिक जाम व्यवस्थापन गर्न ग्वार्कोमा ९ बजेभित्र स्कुल बस आइपुग्नुपर्ने र ४ बजे बाहिरिनुपर्नेछ।
त्यस्तै, पिक आवरको समयमा बिहान ८ बजेदेखि ११  बजेसम्म र अपरान्ह ४ बजेदेखि ८ बजेसम्म मालवाहक ठूला तथा साना सवारीसाधनहरूले बालकुमारीदेखि ग्वार्को र सातदोबाटोदेखि ग्वार्को सडकको प्रयोग नगरी वैकल्पिक सडकको प्रयोग गर्नुपर्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।