केपी ओली कप आजदेखि, उद्घाटन खेलमा पुलिस र सातदोबाटो भिड्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । केपी ओली कप फुटबल प्रतियोगिता बिहीबार सुरु हुँदैछ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आगामी १७ गतेसम्म चल्ने प्रतियोगितामा ’ए’ डिभिजन क्लबका सात र एक आयोजक टोली गरी आठ टिमले प्रतिस्पर्धा गर्ने छन्। ’ए’ डिभिजनका  त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मच्छिन्द्र फुटबल क्लब, न्युरोड टिम एनआरटी क्लब , चर्च ब्वाइज युनाइटेड क्लब, सातदोबाटो युथ क्लब,जावालाखेल युथ क्लब र आयोजक केपी ओली फुटबल क्लब सहभागी छन्।

सुरुका ४ वटा नकआउट म्याच र त्यसपछिका विजेता हुँदै सेमिफाइनलमा पुगेका टोलीबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान हुनेछ । फाइनल खेल भने दशरथ रंगशालामा हुनेछ । नकआउट चरणको खेल हेर्न दर्शकलाई शुल्क नलाग्ने युवा संघका महासचिव एवं केपी ओली कपका संयोजक क्षीतिज थेवेले जानकारी दिए। उनका अनुसार १७ गते हुने फाइनलका लागि भने  टिकटको मूल्य ३०० रुपैयाँ राखिएको छ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने छन्। सर्वोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन्। त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार पाउने आयोजकले जनाएको छ। हरेक खेलको विजेता टोलीलाई २५ हजार नगद पुरस्कार दिइनेछ भने प्रत्येक खेलका ‘म्यान अफ दि म्याच’ले १५ हजार पाउने छन्।

प्रतियोगिताको उद्घाटन खेलमा आज विभागीय टोली नेपाल पुलिस क्लब क्लब  र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।