बागलुङमा गाई काटेको आरोपमा चार जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ ।   बागलुङमा गाई मारेको अभियोगमा चार जना पक्राउ परेका छन् । जिल्लाको जैमिनी नगरपालिका–५ बिनामारेमा गाई काट्दै गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले जैमिनी नगरपालिका–५ का २७ वर्षीय डिलबहादुर परियार, ३५ वर्षीय हरिबहादुर सार्की, २४ वर्षीय बिसन दर्जी र ३८ वर्षीय टङ्कबहादुर सार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए।

उनीहरूलाई पशुपन्छीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको खड्काको भनाइ छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।