स्पट फिक्सिङको आरोप लागेका तीन खेलाडीलाई धरौटीमा छाड्न अदालतको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल टी-२० लिगमा ‘स्पट फिक्सिङ’ गरेको आरोपमा पक्राउ परेका तीनजना खेलाडीलाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएको हो।

अदालतले स्पट फिक्सिङको आरोप लागेका तीन जना नेपाली खेलाडी मोहमद आदिल आलम, महबुब आलम र नितेश गुप्तालाई तीन-तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। 

न्याधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले उनीहरूलाई धरौटीमा छाड्न आदेश दिएको हो। फागुन ५ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले तीनजनाविरुद्ध अभियोग दायर गरेको थियो। 

सो प्रकरणमा फरार रहेका नवीन कँडेल र रवि माँझीविरुद्ध पनि मुद्दा दायर भएको छ। त्यस्तै, घटनामा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहलुवालिया, अभिशेख शाखलानी र विनोद ध्यानीको पनि संलग्नता देखिएको सीआईबीले बताएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।