काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशन भएको छ। राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले बुधबार मतदाता नामावली सार्वजनिक गरेको हो ।
राष्ट्रिय सभातर्फ ५९ र प्रतिनिधिसभातर्फ २७२ गरी ३३१ तथा प्रदेश सभातर्फको ५५० जनासहित ८८१ जनाको नामावली सार्वजनिक गरिएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताए।
अन्तिम नामावलीमाथि दाबीविरोधका लागि बिहीबारबारसम्मको समय तोकिएको छ। शुक्रबार अपराह्न ३ बजेदेखि ४ बजेसम्म सार्वजनिक गर्ने कार्यतालिका रहेको पौडेलले जानकारी दिए।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता हुनेछ। उपराष्ट्रपति निर्वाचन चैत ३ गते तय भएको छ।

Comment