सामान्य वर्षासहित ताप्लेजुङमा हिमपात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ । सदरमुकामसहित आसपासका क्षेत्रमा सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात सुरु भएको छ ।

तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर क्षेत्रमा सामान्य हिउँ परेको स्थानीय होटल व्यवसायी इन्द्रनारायण भट्टराईले जानकारी दिनुभयो ।

यो वर्ष पहिलो पटक यस क्षेत्रमा सामान्य हिउँ झर्न सुरु भएको हो । जिल्लाका उत्तरी उच्च भेगमा भने वर्षा भएको छैन । विगतका वर्षमा पुस लाग्दै हिउँ पर्ने ओलाङचुङ्गोलासहितका क्षेत्रमा फागुनको मध्य हुन लाग्दासम्म हिमपात र वर्षा नभएको स्थानीयवासीले बताएका छन् ।

सदरमुकाम फुङलिङसहित केही ठाउँमा आज परेको वर्षाले किसानलाई सामान्य राहत मिलेको छ । यो वर्ष हिउँद लागेयता वर्षा नहुँदा हिउँदे बालीनाली फस्टाउन सकेको छैन ।

गहुँ, मकै, तोरीलगायत बालीनाली लगाउने समयमा वर्षा नहुँदा किसान चिन्तामा परेका छन् । वर्षासँगै सदरमुकामलगायत क्षेत्रमा चिसो बढेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।