काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखा जिल्लाको इञ्चार्जमा अमर तमुलाई जिम्मेवारी तोकिएको छ ।
तमुलाई पार्टी केन्द्रले जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको पार्टी जिल्ला संयोजक विष्णुप्रसाद भट्टले जानकारी दिए ।
यसअघि जिल्ला इञ्चार्ज रहेका नेता कृष्ण धिताल गण्डकी प्रदेशसभाको सभामुखमा निर्वाचित भएपछि गोरखा जिल्लामा इञ्चार्ज खाली भएको थियो ।
सभामुख धितालले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिनुभएपछि केन्द्रीय सदस्यसमेत रहेका सहइञ्चार्ज तमुलाई पार्टीले जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको उनले बताए ।

Comment