जोमसोममा भएको विमान दुर्घटनामा पनि पाइलट नै ‘दोषी’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गत जेठ १५ गते जोमसोममा भएको तारा एयरको विमान दुर्घटनामा पाइलटको त्रुटी भेटिएको छ । दुर्घटनापछि सरकारले गठन गरेको जाँच आयोगको प्रतिवेदन अनुसार जहाजमा अगाडिको पहाड र त्यसको जोखिमबारे जानकारी दिने ‘टेरेन अभोइडेन्स एण्ड वार्निङ सिस्टम (टीएडब्लूएस)’ बन्द (अफ) गरिएको जहाजमा राखिएका प्रणालीहरुलाई सही तरिकाबाट उपयोग गर्न नसक्दा जहाज सिधै पहाडमा ठोक्किन पुगेको  उल्लेख गरिएको छ ।पोखराबाट जोमसोमका लागि उडेको ताराको ट्वीनअटर (एन–एइटी-डीएचसी ६–३०० जहाज दुर्घटनामा चालक दलका सदस्यसहित २२ जनाको ज्यान गएको थियो ।

प्रतिवेदनले उडानमा चालक दलले नजिकैको भूअवस्थितिको बारेमा ध्यान नदिएको र विमानले सजग गराएको चेतावनीप्रति ध्यान नपुगेको निश्कर्ष निकालेको छ । विभिन्न आठ वटा बुँदा उल्लेख गर्दै उक्त रुटको मौसममा आएको परिवर्तनलगायत पक्षले विमान दुर्घटनामा सहयोग पुगेको प्रतिवेदनमा भनिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।