इन्जा खोजी पत्रकारिता पुरस्कार दाहाल र वाग्लेलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सन्जाल (इन्जा) ले यस वर्षको इन्जा खोजी पत्रकारिता पुरस्कार पत्रकारद्वय मात्रिका दाहाल र तारा वाग्लेलाई प्रदान गर्ने निर्णय गरेको छ ।

वरिष्ठ पत्रकार तीर्थ कोइरालाको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिले पत्रकारद्वय दाहाल र वाग्लेलाई प्रदान गर्ने निर्णय गरेको हो ।

विसं २०६४ देखि पत्रकारिता सुरु गरेका दाहालले सुशासनरसार्वजनिक प्रशासन, आन्तरिक तथा राष्ट्रिय सुरक्षा, अपराध, सामाजिक जनचासोलगायत विषयमा कलम चलाउँदै आइरहेका थिए ।

पन्ध्र वर्षदेखि नेपाली पत्रकारितामा क्रियाशील वाग्लेले महिलामाथि हुने विभेद र सार्वजनिक प्रशासन लगायतका विषयमा कलम चलाउँदै चलाउँदै आइरहेका थिए ।

उनिहरुलाई जनही रु ५० हजार राशिको उक्त पुरस्कार इन्जा स्थापना दिवस मार्च १ अर्थात यही फागुन १७ गते प्रदान गरिने सचिव दीपक रिजालले जानकारी दिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।