नेपालको शीर्ष तीनमा पुग्ने सम्भावना कायमै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शीर्ष ३ मा पुग्ने सम्भावना भने कायमै राखेको नेपालले २८ खेलमा २६ अंक जोडेको छ । अब ८ खेल खेल्न बाँकी छ । योसँगै लिग–२ अन्तर्गत आफ्ना सबै खेल पूरा गरेको स्कटल्याण्ड ६० अंकसहित शीर्षस्थानमा छ ।

तालिकाको तेस्रो स्थानको नामिबियाको ३४ खेलबाट ३७ अंक छ । लिग–२ का शीर्ष तीन टिमले आउँदो जुन १८ देखि जुलाई ९ सम्म जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछन् । बाँकी चार टिमले मार्च २४ देखि अप्रिल ४ सम्म नामिबियामा हुने आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन् ।

प्लेअफमा च्यालेन्ज लिगबाट आएका शीर्ष दुई टिम र लिग–२ को पुछारमा रहेका चार टिमले प्रतिस्पर्धा गर्नेछन् । नामिबियामा हुने विश्वकप क्वालिफायर प्लेअफका शीर्ष दुई टिमले पनि एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछन् ।

एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा क्वालिफायर प्लेअफका शीर्ष दुई टिम, क्रिकेट विश्वकप लिग–२ का शीर्ष तीन टिम र आईसीसीको पूर्ण सदस्य राष्ट्रहरूको सुपर लिगबाट पुछारमा रहेका पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।