अष्ट्रेलियाविरुद्ध भारतको लगातार दोस्रो जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । अष्ट्रेलियामाथि घरेलु टिम भारतले लगातार दोस्रो जित निकालेको छ। दिल्ली रंगशालामा भएको टेस्टको तेस्रो दिनमा नै आयोजकले पाहुना टिमलाई ६ विकेटले हराउँदै शृंखलामा २–० को अग्रता बनाएको हो।

दोस्रो इनिङमा अष्ट्रेलिया ११३ रनमै अलआउट भएपछि भारतले ११५ रनको सहज लक्ष्य पाएको थियो। पहिलो इनिङमा ३ विकेट र दोस्रो इनिङमा ७ विकेट गरी कुल १० विकेट लिएका रविन्द्र जडेजा प्लेयर अफ दि म्याच भए।

जितपछि भारतले विश्व टेस्ट च्याम्पियनसिपमा १६ खेलबाट १२३ अंक जोडेको छ। भारत दोस्रो स्थानमा छ। शीर्ष स्थानको अष्ट्रेलियाको १७ खेलबाट १२६ अंक छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।