काठमाडौ । विश्व हिन्दु विद्यार्थी संंघ ले सुजन तिम्सिनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ।
शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले तिम्सिना सहित ८१ जना अन्य विद्यार्थीहरुलाइ केन्द्रीय सदस्यमा मनोनित गरेको हो
लामो समयदेखि विश्व हिन्दु विद्यार्थी संंघमा क्रियाशील विद्यार्थी नेता तथा आध्यात्मिक अभियन्ता तिम्सिनालाई संघले नुवाकोट जिल्लाबाट संघको केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको हो ।
आधुनिकताको विकाससँगै विद्यार्थीहरू कूलत, दुर्व्यसनीमा फसिरहेको अवस्थामा विश्व हिन्दु विद्यार्थी संघले विद्यार्थीलाई सत्मार्गमा डोर्याउने सदस्य तिम्सिनाले बताए । ‘विद्यार्थीलाई सानैदेखि सांस्कृतिक, धार्मिक कुरामा सचेत गराउँदै सत्मार्गमा डोर्याएर समाजमा शान्ति र सद्भाव कायम गर्नु हाम्रो उद्देश्य हो,’ उनले भने ।
विश्व हिन्दु विद्यार्थी संंघ राजनीतिक आरोप–प्रत्यारोपबाट टाढा रहँदै संस्कृति, परम्परा, पहिचान र पूर्वीय दर्शनको पुनर्जागरणमा केन्द्रित हुने सदस्य तिम्सिनाले बताए ।


Comment