हिमालयन र सिभिल बैंक तीन दिन बन्द हुने, फागुन १२ देखि एकीकृत कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंक तीन दिन बन्द हुने भएका छन् । फागुन १२ गतेदेखि एकीकृत कारोबार गर्न लागेको दुवै बैंकले डाटा माइग्रेशन प्रयोजनका लागि तीन दिन सम्पूर्ण सेवा बन्द गर्ने भएका हुन् ।

सिभिल बैंकका सम्पूर्ण सेवा फागुन ८ देखि ११ गतेसम्म ४ दिन बन्द हुने भएको हो । त्यस्तै, हिमालयनको ८ गते दिवा सेवा संचालन गरे पनि सन्ध्याकालिन सेवादेखि ११ गतेसम्म सबै सेवा बन्द हुने भएको हो ।

दुई बैंक मर्जरपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु हुनेछ । हिमालयनले सिभिललाई १००:८०.२८ सेयर अनुपातमा गाभ्न लागेको हो ।

दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रार कार्यालयले स्वीकृति दिइसकेका छन् ।

सिभिल बैंकलाई प्राप्ति सम्झाैतापछि हिमालयन बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागिएको हो।

प्राप्तिपछि बैंकको रजिस्टर्ड कार्यालय हाल हिमालयन बैंकको रजिस्टर्ड कार्यालय रहेको स्थान काठमाडाैं कमलादीमा रहने जनाइएकाे छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।