केन्द्रीय अस्पताललाई शैक्षिक संस्थाका रूपमा विकास गर्ने योजना छः स्वास्थ्य मन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई छाता प्रतिष्ठानका रूपमा विकास गर्दै देशका प्रमुख संघीय अस्पताललाई ‘टिचिङ इनिस्टिच्यूट’(शैक्षिक संस्था)का रूपमा विकास गर्दै लैजाने नीति सरकारले लिएको बताएका छन्। 

प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री गिरीले सेवाको गुणस्तरमा उल्लेख्य सुधार ल्याउन र स्वास्थ्य अनुसन्धान, स्वास्थ्य जनशक्तिको उत्पादन र विविध विद्याबीचको परस्पर सिकाइलाई प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताएका हुन्।

उनले २० वर्षको अवधिमा नेपालको विशेषज्ञ चिकित्सक उत्पादनमा प्रतिष्ठानले अग्रणी भूमिका खेलेको स्मरण गर्दै देश र माटो सुहाउँदो जनशक्ति उत्पादन गरेर नेपालको स्वास्थ्य क्षेत्रलाई प्रतिष्ठानले ठूलो गुन लगाएको दाबी गरे। 

उनले दीक्षित विद्यार्थीलाई सिकेको ज्ञान आम जनतामाझ बाँड्न आह्वान गरे। ‘इभिडेन्स बेस मेटिकल प्राक्टिसको वर्तमान विश्व परिवेशमा स्वास्थ्यका हरेक क्षेत्रमा भइरहेको नयाँ खोज र अनुसन्धानबाट प्राप्त तथ्यलाई नेपाली जनताको स्वास्थ्य सेवामा प्रयोगमा ल्याउनका लागि यहाँहरूको भूमिका रहन्छ’, उनले भने, ‘यसका लागि विश्वविद्यालयमा सिकेको ज्ञान र सीपलाई आधार मानेर जीवनभर सिकाई भन्ने मान्यताबाट निर्देशित रहनु हुनेछ भन्ने विश्वास छ।’

उनले भविष्यमा अझ धेरै विद्या र धेरै तहका शैक्षिक कार्यक्रमसहित देशको प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा यसलाई स्थापित गर्न शुभकामना दिए। जसका लागि मन्त्रालय सबै खालको सहयोग गर्न तयार रहेको बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।