नियम विपरीत सेयर राइड गर्ने इनड्राइभर १७ चालक कारबाहीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रयोजन विपरीत सेयर राइडिङ सञ्चालन गर्ने १७ दुई पाङ्ग्रे सवारी साधन चालक कारबाहीमा परेका छन् ।

ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको जाँचका क्रममा नियम विपरीत राइडिङ गरेको पाइएपछि कारबाही गरिएको जानकारी दिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले नियम विपरीत सेयर राइडिङ गरेको पाइएकाले कारबाही गरिएको जानकारी दिए।

‘कारबाहीमा परेकामध्ये अधिकांश इनड्राइभरका छन्,’ उनले भने, ‘इनड्राइभर नेपालमा दर्ता बिना नै चलेकाले कारबाही गरिएको हो ।’ निजी प्रयोजनका लागि दर्ता भई व्यावसायिकरूपमा सञ्चालन गरेको पाइएपछि कारबाही गरिएको उनको भनाइ छ । उनले गुनासो आएका आधारमा कारबाही गरिएको बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।