प्रयोजन विपरीत भाडा लिएर यात्रु ओसार्ने १७ मोटरसाइकल चालकलाई कारबाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रयोजन विपरित यात्रुसँग भाडा लिएको भन्दै ट्राफिक प्रहरीले १७ जना मोटरसाइकल चालकलाई काराबही गरेको छ।

निजी प्रयोजनमा दर्ता भइ भाडा लिइ यात्रु बोक्ने गरेको पाइएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको टोलीले १७ जना मोटरसाइकलका चालकलाई कारबाही गरिएको प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए। 

त्यस्तै यात्रुबाट बढी भाडा लिने ९ जना ट्याक्सी चालकलाई पनि कारबाही गरिएको छ। बढी भाडा लिएको र मिटरमा जान नमानेको भन्दै उनीहरूलाई कारबाही गरिएको प्रवक्ता भट्टले बताए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।