ल्होत्से मलमा मोबाइल पसल लुटपाट गर्ने ४ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यातायात मजदुरको विरोध प्रदर्शनका क्रममा बालाजुको ल्होत्से मलमा रहेको मोबाइल पसलमा लुटपाट गरेको आरोपमा ४ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दैलेख घर भई हाल काठमाडौं बस्ने २४ वर्षीय चिरन रेग्मी, सामाखुसी बस्ने ३५ वर्षीय नविन खड्गी, रूपन्देही घर भई काठमाडौं बस्ने २२ वर्षीय सुजन खत्री र झापा घर भई स्वयम्भू बस्ने १८ वर्षीय प्रदीप बस्नेत रहेका छन् ।

विरोध प्रदर्शनमा प्रहरीको दुईवटा गाडीमा आगजनी गर्ने र प्रहरी बिट तथा ट्राफिक आइल्यान्डमा तोडफोड गर्ने अन्य ६ जना पनि पक्राउ परेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।