मुस्ताङमा बस दुर्घटना, १७ जनाभन्दा बढी घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । मुस्ताङको जोमसोमबाट पोखराका लागि छुटेको म्याग्दी कोरलाको ना ७ ख ७४४० नम्बरको यात्रुबाहक बस बेनी–जोमसोम कोरला सडक अन्तर्गत लेतेमा दुर्घटना भएको छ ।

थासाङ-३ धम्पुमा दुर्घटना हुँदा १७ जना भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । बस सडकबाट ३० मिटर तल नदीमा खसेको थियो।

दुर्घटनाका घाइतेलाई स्थानीय लेते स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरी गम्भीर घाइते भएका ९ जनालाई गण्डकी अस्पताल पोखरामा रिफर गरिएको प्रहरीले जनाएको छ ।

बाँकी ८ जनाको स्वास्थ्य चौकीमै उपचार भइरहेको छ । निर्माणाधीन भएकाले साँघुरो सडकका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।