विद्युतीय व्यवसायी महासंघको अध्यक्षमा देवकोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको अध्यक्षमा रेशम प्रसाद देवकोटा निर्वाचित भएका छन् ।

महासंघको तेह्रौं वार्षिक साधारण सभा एवं पाँचौं महाधिवेशनले देवकोटालाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । देशभर २२ जिल्ला र नगर संघहरु एवं ७५ एसोसिएट सदस्यहरु रहेको विद्युतीय व्यवसायीहरूको छाता संस्था नेपाल विद्युतीय व्यवसायी महासंघले गत माघ २८ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलको आतिथ्यतामा सो महाधिवेसन सम्पन्न गरेको थियो ।

सभाले देवकोटाको अध्यक्षतामा महासंघको छैठौं कार्यकालका लागि प्रथम उपाध्यक्ष प्रेम बहादुर जिसि, द्धितिय उपाध्यक्षमा कोमल पोखरेल, तृतीय उपाध्यक्षमा लेखनाथ सापकोटा, महासचिवमा गोपाल अग्रवाल, कोषाध्यक्षमा प्रकाश चन्द्र पाण्डे, सचिवमा बिनोद लुईंटेल, सह–कोषाध्यक्षमा महेन्द्र कुमार श्रेष्ठ, सदस्यहरुमा केशव ढकाल, राजेश गौतम, शिवराज रिजाल, चन्द्रकान्त जैसी शर्मा, प्रदेश सदस्यमा चन्द्रमणि देवकोटा, मनोज कुमार अग्रवाल सरोज कुमार रेग्मीलाई चयन गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।