भारत लैजाँदै गरेका ४८ गाई गोरु प्रहरीको नियन्त्रणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी। भारततर्फ लैजाँदै गरेको ४८ वटा गाई गोरुलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्सीस्थित दशगजाबाट डोर्‍याउँदै लगिरहेको अवस्थामा एक जना व्यक्तिसहित ४८ वटा गाई गोरुलाई सोमबार बिहान नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक प्रकाश पोखरेलले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा सम्सी –७ का १८ वर्षीय गुफरान सेख रहेका छन्। फरार रहेका अरूको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।