कोरोनाविरुद्धको तीन लाख ४५ हजार बुस्टर खोप नेपाल आइपुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फाइजरको नयाँ खोप (बाइभ्यालेन्ट) खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । पहिलो चरणमा ३ लाख ४५ हजार बाइभ्यालेन्ट खोप आज बिहान काठमाडौं ल्याइएको हो ।

कोभ्याक्स सुविधाअन्तरगर्त प्राप्त गर्ने कुल १५ लाख डोज खोपमध्ये आज पहिलो खेप ३ लाख ४५ हजार ६०० डोज खोप आएको आएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगर्तको आपूर्ति शाखाका खोप सुपरभाइजर ओम उपाध्यायले बताए। यसपछि बाँकी खोप ४, ८, ११ र १५ फागुनमा आउने बताइएको छ।

सरकारले कोभिडविरुद्धको बुस्टर डोज लगाउन आह्वान गरे पनि मौज्दात खोप नहुँदा रोकिएको थियो। नयाँ खोप आएपछि बुस्टर डोज लगाउनका लागि बाटो खुलेको छ । 

यो खोपको आपतकालिन प्रयोगका लागि गत १२ पुसमा बसको औषधि सल्लाहकार समितिको ५४औं बैठकले स्वीकृत गरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।