कोइला अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पटक पटक बन्द हुँदै आएको हेटौँडा सिमेन्ट उद्योग फेरि बन्द भएको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक कोइला अभावमा उद्योगको उत्पादन बन्द भएको हो ।

उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आपूर्तिको बोलपत्र आह्वान गरेर पहिलो र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला ल्याउने क्रममा रहेको जनाएको छ ।

उद्योगमा पर्याप्त कोइला भण्डारण गरेपछि आगामी फागुन ५ गते भित्र सिमेन्ट उत्पादन गर्ने तयारी गरिएको हेटौँडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए ।

उनका अनुसार उद्योगले गुणस्तरीय कोइला भारत, इन्डोनेसिया, भूटान र पाकिस्तानबाट आयात गरी ल्याउँदै गरेको जानकारी दिए । सो उद्योगबाट उत्पादित सिमेन्ट काठमाडौँ, हेटौँडालगायत सहरमा आपूर्ति भइरहेको उद्योग व्यवस्थापनले जनाएको छ ।a

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।