काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि राखेको ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने भएको छ ।
आज प्रतिनिधिसभामा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटले राखेको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न नसकिने बताएका हुन् ।
‘अर्थतन्त्रको विद्यमान प्रवृत्ति आँकलन गर्दा आठ प्रतिशतले आर्थिक वृद्धिदर हासिल गर्ने चालु आर्थिक वर्षको लक्ष्य पूरा हुने देखिँदैन,’ अर्थमन्त्री पौडेलले भने ।
कृषितर्फ धानको उत्पादनमा यसवर्ष केही वृद्धि हुने अनुमान रहेको र पर्यटन क्षेत्र क्रमशः सुधार हुँदै जानु सकारात्मक पक्ष भएपनि उत्पादनमूलक उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन गर्न नसकिएकाले आर्थिक वृद्धिदरमा सुस्तता आएको अर्थमन्त्री पौडेलेले बताए ।
त्यस्तै, चालु आर्थिक वर्षका लागि मूल्यवृद्धिमा राखिएको वाञ्छित सीमा नाघेको छ । ‘चालु आर्थिक वर्षमा मुद्रास्फीतिलाई सात प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकोमा गत पुस मसान्तसम्म आइपुग्दा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित वार्षिक बिन्दुगत मुद्रास्फीति ७.२६ प्रतिशत पुगेको छ,’ अर्थमन्त्री पौडेलले भने ।a
Comment