लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त सात मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

आइतबार दाङको राप्ती गाउँपालिका मौरीघाटमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार नियुक्त भएका मन्त्रीलाई शपथ ग्रहण गराएका हुन्।

पुनर्गठित मन्त्रिपरिषदमा नेकपा एमालेबाट तीन जना, माओवादी केन्द्रबाट दुई जना, राप्रपा र जनमत पार्टीबाट एक–एक जना नियुक्त भएका थिए।

समारोहमा आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, भैतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारु, स्वास्थ्य मन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकीप्रसाद यादव, कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्मा र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले शपथ लिएका हुन्।

सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी भने तत्काल सरकारमा नजाने भएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।