एनआइसी एशिया बैंकको भ्यालेन्टाइन डे अफर, ‘सेलिब्रेट लभ वीथ एनआइसी एशिया बैंक’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनआइसी एशिया बैंकले भ्यालेन्टाइन डे ‘फेब्रुअरी १४’ लाई लक्षित गर्दै ‘सेलिब्रेट लभ वीथ एनआइसी एशिया बैंक’ योजना सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत पहिलो पटक डिजिटल कारोबार गर्दा १४ प्रतिशत क्यासब्याकको साथमा २० जनालाई तारे होटलमा आफ्नो साथीसँग डिनर गर्ने अवसर रहेको कम्पनीले जनाएको छ ।

यो योजना बैंकको मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) एप तथा डेबिट वा क्रेडिट कार्डबाट पहिलो पटक भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरेर ल्याइएको जनाइएको छ ।

यो योजना माघ २८ देखि २०७९ फाल्गुन १ (२०२३ फेब्रुअरी ११ देखि २०२३ फेब्रुअरी १३) सम्म सञ्चालन हुने छ । यो योजनाअन्तर्गत बैंकको मोबाइल बैंकिङ्ग एप तथा डेबिट वा क्रेडिट कार्डबाट विभिन्न मर्चेन्टहरूमा यस बैंकद्वारा राखिएको QR कोड तथा POS मेसिनमा पहिलो पटक कारोबार गर्ने ग्राहकलाई १४ प्रतिशत वा अधिकतम २०० रूपैयाँसम्म क्यासब्याक उपलब्ध हुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।