काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
बैंक संचालक समितिको माघ २६ गते बसेको बैठकले सेयरधनीलाई ८.५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत गरी कुल ८.९८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।
Comment