मुलुक राजनीतिक सिन्डिकेटले चलेको छ :रमेश खरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले मुलुक राजनीतिक सिन्डिकेटले चलेको आरोप लगाएका छन्। दलका नेताहरू भागबण्डा र स्वार्थमा तल्लिन हुँदा मुलुक उधोगतिमा रहेको उनको टिप्पणी छ।

विवेकशील साझा पार्टीको पहिलो महाधिवेसनमा बोल्दै नेता खरेलले पदका लागि अधिकांश नेता बालुवाटार र बालकोटा धाउने गरेकोप्रति चिन्ता व्यक्त गर्दै मुलुक राजनीतिक सिन्डिकेटमा रहेको बताए।

उनले मुलुक भयानक आर्थिक संकटर्फ धकेलिँदै गएको उल्लेख गर्दै मुलुकको समृद्धिका लागि गफ नभई काम आवश्यक रहेको बताए। उनले आफू राजनीति गर्न नभइ समाज सेवा गर्न आएको बताए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।