महाबु गाउँपालिकाका अध्यक्ष गुरुङको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरूङको निधन भएको छ। शुक्रबार मध्यान्ह गुरूङको निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। 

दैलेख सदरमुकामको एक मेडिकलमा उपचार गरेर घर फर्किएका गुरूङ स्वास्थ्य बिग्रिएपछि थप उपचारका लागि जिल्ला अस्पताल गएका थिए।

उनी ७५ वर्षका थिए। अध्यक्ष गुरूङ पहिलेदेखि नै ब्लड प्रेसरका बिरामी थिए। उनी गत वैशाखको स्थानीय चुनावमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।