भ्यालेन्टाइन डे- गुलाबको फूल आयातमा सरकारले लगायो प्रतिबन्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्गर्ततको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन विभागले बिहीवारदेखि लागू हुने गुलाबको फूलको आयातमा रोक लगाएको छ ।

नेपालका कांकडभिट्टा, भण्टावारी, विराटनगर, मलंगवा, जलेश्वर, विरगंज, तातोपानी, एयरपोर्ट, रसुवा, भैरहवा, कृष्णनगर, नेपालगञ्ज, गड्डाचौकी, लोमान्थाङ्का र बैतडिमा क्वारेन्टाइन कार्यालय पत्र लेख्दै फूल आयातमा रोक लगाएको हो ।

पत्रमा ‘विशेष कारणले अर्को व्यवस्था नभएसम्मका लागि गुलाबको फूल आयात गर्नका लागि अनुमति पत्र जारी नगर्नुहुन’ जानकारी गराएको उल्लेख छ ।

‘उपरोक्ता सम्बन्धमा यस केन्द्र तथा अन्तर्गतका कार्यालयबाट विशेष कारणले अर्को व्यवस्था नभएसम्मका लागि गुलाबको फूल आयात गर्नका लागि आयात अनुपतिपत्र जारी नगर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ,’ पत्रमा भनिएको छ। नजिकिँदै गरेको भ्यालेन्टाइन डेलाई लक्षित गरी सरकारले गुलाबको फूल आयातमा रोक लगाइएको बुझिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।