यातायात व्यवस्था विभागको महानिर्देशकमा तुल्सीनाथ गौतम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यातायात व्यवस्था विभागमा ६ महिनामै महानिर्देशक हेरफेर भएको छ ।

केही दिनअघि सहसचिव टोकराज पाण्डेको सरुवा भएपछि उक्त जिम्मेवारी तुल्सीनाथ गौतमले पाएका छन् ।

पाण्डेलाई वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा सरुवा गरिएको छ । उनले गत भदौ २० मा मात्रै उक्त जिम्मेवारी सम्हालेका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी गौतमलाई महानिर्देशक नियुक्त गरेको हो । उनले बुधबार नै पदवहाली गरिसकेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।